२५ दिनको शिशु बोकेर खोप लगाउन हिडेकी महिला मृत फेला, शिशुको अवस्था अज्ञात

विराटनगर — २५ दिनको नाबालकसहित आइतबारदेखि बेपत्ता ताप्लेजुङकी एक महिला मृत भेटिएकी छिन्।

ताप्लुजुङको आठराई त्रिवेणी गाउँपालिका–२ माटेको तमोर नदी किनारमा महिलाको शव भेटिएको हो। शिशुको अवस्था भने अझै अज्ञात छ।

पाँचथरको याङवरक गाउँपालिका गणेश चोक छेउ ढाँडगाउँकी २६ वर्षीया यमुना भुर्तेल चापागाईंको शव तमोर नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुले जानकारी दिए।

आठराई त्रिवेणी गाउँपालिका–२ फूलबारी चोकपुर उनको माइती हो। उनी आईबार विहान ११ बजे बच्चालाई खोप लगाउन भनेर माईती घरबाट हिडेकी थिईन। तर, बेलुका घर नफर्केको मृतकका बुबा जय भुर्तेलले बताए।

‘घरबाट परेवाडाँडा स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन घरबाट हिँडेकी रहिछन्। बेलुका नाङखोल्याङको सेसम्बुमा एकजना आमाले भेटाउनु भएको रहेछ। तर, माइतीघरसम्म आइपुगिनन्।’– जयले भने।

उनले बोक्ने मोबाइल र उनले लगाएको केही कपडा भने आइतबारै तमोर नदी किनारमा भेटिएको थियो। त्यसैको आधारमा प्रहरीसहित स्थानीयले नदी किनारमा खोजी गर्ने क्रममा शव भेटिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट