छोरी बलात्कार गरेको घट्ना प्रहरी समक्ष पुर्यापछि २१ वर्षिय छोराको बन्चरोले हानेर हत्या

राजविराज– पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–५ मा छोरीलाई बलात्कार गरेका एक ब्यक्तिले घट्ना लुकाउन २१ वर्षीय छोरालाई बन्चरोले हानेर हत्या गरेको खुलेको छ।

ति युवक मंगलबार राति १ बजे घर नजिकै मृत अवस्थामा फेला परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले युवकको हत्यामा उनकै बुबाको संलग्नता देखिएको छ।

बाबुले छोरीलाई बलात्कार गरेको र सोही घटना लुकाउन छोराको हत्या गरेको खुलेको सुर्खेतका एसपी योगेन्द्रसिंह थापाले बताए। मृतककी बहिनी घाइते अवस्थामा फेला परेकी छिन्। उनले पनि दाइको हत्या आफ्नै बुवाले गरेको बयान प्रहरी समक्ष दिएकी छिन्।

हत्या गर्ने बाबु भारतमा बस्दै आएका थिए भने छोरी मामा घरमा थिईन। गत असोजमा घर आएका बुबाले भेट्न बोलाएर १९ गते बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ। किशोरीले आफु बुबाबाट बलात्कृत भएको कान्छी आमालाई भनिन्। उनले बाहिर नभन्न सम्झाइन्।

तर, किशोरीले दाइलाई पनि भनेपछि दाईले बुबाविरुद्ध कात्तिक १५ गते बलात्कार मुद्दा दर्ता गरेका हुन। त्यसैबेला बाबुले युकलाई धम्की दिएका थिए। किशोरीले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको पनि बयानमा बताएकी छिन्।

मुद्दा परेपछि आरोपित बुबा कान्छी श्रीमतीसहित भागेर भारत गएका थिए। भारत भागेका उनी केही दिनअघि नेपाल फर्किएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा आरोपित भारतबाट नेपालमा आएको खुलेको छ। १४ तारिखमा नेपाल आई १५ तारिखको राति हत्या गरेर भागेको हुनसक्छने प्रहरीको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट