बम्जनको कुकर्ममा श्रीमतीको साथ, १४ वर्षकी बालिकाको बलात्कारपछि दीपशिखाद्वारा कुटपिट

सर्लाही– हत्या, वेपत्ता र बलात्कारको आरोपमा पक्राउ परेका रामबहादुर (रामलाल) बम्जनलाई सर्लाही जिल्ला अदालतमा उपस्थित गराइएको छ। बम्जनको मुद्दा सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासमा छ।

बम्जन पक्राउ पर्नुको मुख्य कारण बाल यौन दुराचार हो। १४ वर्षकी किशोरी स्वयमले ४ वर्षअघि बम्जनबाट आफु पीडित भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। बम्जनसहित तीन जनालाई प्रतिवादी बनाउँदै ०७७ असारमा जिल्ला अदालतमा बाल यौन दुराचारको मुद्दा पनि दायर भएको थियो।

पीडित भनिएकी ति किशोरीसँग प्रहरी तथा सरकारी वकिलले बयान लिएको थियो। आनी बन्न गएकी आफुलाई बम्जनले पटक–पटक बलात्कार गरेको र त्यसको विरोध गर्दा चोरीको आरोप लगाएर आश्रमबाट निकालेको पीडितले बताएकी छिन्। पटकपटकको बलात्कार सहन नसकेर आत्महत्याको प्रयास समेत गरेको उनले बताएकी थिइन्।

पटक–पटक बलात्कार भएपछि आफुले आत्महत्याको प्रयास गरेको र घट्ना अरुलाई पनि थाहा भएपछि त्यसलाई लुकाउन आफूमाथि ८ लाख रुपैयाँ चोरीको आरोप लगाएको उनले वताएकी छिन्।

बलात्कारपछि बम्जनकी श्रीमती दीपशीखा बम्जनसमेतले आफुलाई कुटपिट गरेको किशोरीले बयानमा उल्लेख गरेकी छिन्। २८ साउन ०७१ मा आश्रममा पुगेपछि बुबाले आफुलाई त्यही छोडेकोे र त्यसपछि सिन्धुपाल्चोकको आश्रममा २ वर्ष बसेर सर्लाहीको पत्थरकोट आश्रममा पुगेको उनले बताएकी छिन्।

सरकारी वकिलले अदालतमा दायर गरेको अभियोगपत्रमा पनि बम्जन तपस्वी नभई ‘यौन शोषक’ भएको दाबी गरिएको छ। अनुसन्धानका क्रममा प्रहरीले तयार पारेको घटनास्थलको मुचुल्कामा १८ वर्षकी अनुयायीलाई फकाएर काम छ भन्दै बोलाउने अनि कोठा भित्र छिरेपछि चुकुल लगाएर जबर्जस्ती गर्ने गरेको उल्लेख छ।

सर्लाही लालबन्दी नगरपालिका १२ पत्थरकोटस्थित महासम्बोधी धर्म संघको आश्रममा रहेको टायलको छाना भएको २ तले घरमा बम्जन बस्ने, खाने, पूजा गर्ने र सुत्ने कोठा रहेको प्रतिवेदनमा उल्लेख छ।

‘२० साउन ०७३ मा १८ वर्षिय ‘क’ (नाम परिवर्तन) लाई आफू सुत्ने कोठामा बोलाएको देखिन्छ। कोठामा आएपछि बम्जनले चुकुल लगाए र कोठा भित्र रहेको प्लाष्टिकको कार्पेटमा लडाई रुन–कराउन नदिई, हारगुहार गर्न नदिई मुख थुनी दुवै हात समाएर जबर्जस्ती करणी गरेको’ भन्दै सरकारी वकिल कार्यालयले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट