बरहथवा घट्नाः होटलमा खाएको पैसा नतिर्दा हवल्दारको झगडा, आन्दोलनको मौका पारेर हत्या गरेको आशंका

सर्लाही– प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सर्लाहीको बरहथवा तनाबग्रस्त छ। स्थितीलाई थप भड्किन नदिन आज विहान ८ वजेसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ। कर्फ्यूपछि त्यहाँको अवस्था सुनसान छ।

आन्दोलनका क्रममा गोली लागेर मरेको भनेपछि सवैको मनमा उग्रआन्दोलनकारी र घरमा आगो लगाउन जाने मध्येका कोही होलान भन्ने सवैको मानसपटलमा घुमेको हुनुपर्छ। तर, घट्ना स्थलको अवस्था भने फरक छ। मृतक बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहले अनाहकमा ज्यान गुमाएको स्थानीयहरु वताउँछन्।

उनी बंगलादेशमा एमबीबीएस पढ्दै थिए। तर, तीन वर्ष अगाडी बुवा बंगालीरामको निधन भएपछि उनी पढाई छाडेर फर्किए। उनी एक्लो छोरा भएकाले एमबीबीएस बन्ने सपना चकानाचुर भयो। उनी बुवाले गरेको व्यावसाय सम्हाल्नतिर लागे।

वडा नम्बर ५ मा उनको ‘सर्लाही होटल’ संचालनमा छ। त्यही होटल जाने क्रममा उनीमाथि गोली लागेको थियो। टाउकोमै गोली लागेपछि सडकमा ढलेका उनको तत्कालै मृत्यू भयो। मृतकका भान्जा विवेकका अनुसार उनी दाना गोदामबाट होटल जाने क्रममा थिए। बाटो हिडिरहेका वेला उनलााई गोली गोली लागेको विवेकले दावी गरेका छन्।

साहलाई विद्युत प्राधिकरण कार्यालय नजिक गोली लागेको हो। उक्त स्थान आन्दोलन भएको स्थानदेखि करिब ३/४ सय मिटर दूरीमा छ। आन्दोलन भएको ठाउँमा कसैलाई गोली लागेन । तर ३/४ सय मिटर दूरीमा आफनो मामालाई गोली लागेकोले यसको छानबिन हुनुपर्ने उनले माग गरेका छन्।

उनले हवलदार सोनेलाल यादवले गोली चलाएको आरोप पनि लगाए। होटलमा आएर जहिल्यै सित्तैमा खान चाहने सोनेलालले त्यही विषयमा जयशंकरसँग झगडा पनि गरेका थिए। रिसईबी साँध्न आप्नो मामामाथि गोली चलाएको उनको भनाई छ।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट