सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरीको पोल खुल्योः १८ वर्ष कटेको ११ प्रमाण अदालतमा

काठमाडौं– क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लगाउने किशोरीले आफु नाबालिग नभएको पोल आफैले खोलेकी छिन्। उनले एक जना केटा साथीसँग च्याट गर्ने क्रममा आफ्नो वास्तविक उमेर आफैंले खोलेकी हुन।

स्रोतका अनुसार उनीहरुबीच ज्योतिषलाई भविष्य हेराउने विषयमा कुराकानी भएको थियो। केटा साथीले ति किशोरीसँग उनको जन्ममिति सोधेका छन् भने किशोरीले जन्ममिति २०६१/०२/१८ लेखेकी छन्।

उनले लेखेको यो जन्ममिति वीरगञ्जको अस्पतालले दिएको बर्थ सर्टिफिकेटसँग मेल खान्छ। यो च्याटको स्क्रिनसट सन्दीपका वकिलले अदालतमा पेश गरेका छन्।

जिल्ला अदालतले गत २३ कात्तिकमा दुवैतर्फका वकिललाई बहस नोट बुझाउन आदेश गरेको थियो। न्यायाधीश केदारप्रसाद घिमिरेले एक महिनाभित्र (२२ मंसिरसम्म) बहस नोट बुझाउन आदेश दिएका थिए।

सन्दीपका वकिलहरुले ४० पेज लामो बहस नोट अदालतमा वुझाएका छन्। जसमा सन्दीपलाई बलात्कारको मुद्दा लगाउने किशोरीको उमेर १८ वर्ष कटिसकेको दाबी पुग्ने ११ वटा प्रमाण पेश भएको अदालत स्रोतले जनाएको छ। सन्दीप पक्षका वकिलका कागजातहरु अकाट्य र विश्वसनीय देखिएको जनाईएको छ।

वहस नोटमा किशोरी जन्मेको अस्पतालले दिएको प्रमाणपत्र र उनको पहिलो जन्मदर्ता सबैभन्दा बलिया प्रमाण हुन्। दुवै दस्तावेजमा किशोरीको जन्ममिति २०६२ साल उल्लेख छ। अस्पतालले दिएको बर्थ सर्टिफिकेटभन्दा एक महिना उमेर फरक पारेर उनले पहिलो जन्मदर्ता निकालेकी छन्।

अस्पतालको कागजमा उनको जन्ममिति २०६१/०२/१८ र पहिलो जन्मदर्तामा उनको जन्ममिति २०६१/०३/१८ उल्लेख छ। किशोरीको बसाइसराइ र विद्यालयका प्रारम्भिक डकुमेन्टमा २०६१/०३/१८ नै उल्लेख छ।

उनले पछि बनाएका कागजातहरुमा चाहिँ उमेर एक वर्ष घटाएकी छन्। उनले केही समयअघि मात्र निकालेको दोस्रो जन्मदर्तामा जन्ममिति २०६२/०३/१८ उल्लेख छ। यो जन्मदर्ता वादी पक्षका वकिलहरुले अदालतमा पेश गरेका छन्। यही जन्मदर्ताका आधारमा बनाइएको नागरिकता पनि उनीहरुले बहस नोटसँग समावेश गरेका छन्।

उनीहरुको पोल यहीनेर पनि खुलेको छ। दोस्रो जन्मदर्तामा पनि पहिलो जन्मदर्ताकै रजिस्ट्रेसन नम्बर उल्लेख रहेकाले अदालतले सबैभन्दा पहिले बनाएको जन्मदर्तालाई आधिकारिक मान्छ । दोस्रो जन्मदर्तामा उमेर सच्याइएको र त्यसै आधारमा नागरिकता बनेकाले दुवै डकुमेन्ट ‘गलत’ ठहरिन सक्ने अदालत स्रोत बताउँछ।

किशोरीले दोस्रो जन्मदर्ता र नागरिकता सन्दीपसँग भेट हुनुभन्दा केही अगाडि मात्र निकालेकी हुन्। जन्मदर्ताको विषयलाई सम्वन्धित वडा कार्यालयले पनि स्पष्ट बनाइसकेको छ। अदालतबाट माग भएअनुसार वडा सचिवले अदालतलाई चिठी लेख्दै आधिकारिक जन्ममिति २०६१/०२/१८ नै रहेको प्रमाणित गरिदिएका हुन्।

यी सवै प्रकरणले किशोरीको उमेर सन्दीपसँग भेट हुँदा १८ वर्ष नाघिसकेको ठहरिन्छ। सन्दीपको मुद्दामा अब ८ गतेलाई पेशी तोकिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट