१४ किलो सुनसहित पक्राउ परे चन्द्र घले, उनले पोलेपछि मीनवहादुर पनि पक्राउ

काठमाडौँ — गोरखाका चन्द्र घले र मीनबहादुर घलेलाई विहिवार अनुमानित १४ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको छ। फ्लाइ दुबईको एफजेड ५७३ को फ्लाइटबाट राती ११ः४० बजे काठमाडौं उत्रेका चन्द्रलाई सुरुमा भन्सारले पक्राउ गरेको थियो।

उनले प्लेट बनाएर शरिरमा राखेर सुन ल्याएका थिए। छातीको दायाँबायाँ राखि लुकाएर ल्याएको अवस्थामा बिस्कुट आकारको ७ थान सुन बरामद भएको हो। भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलकाअनुसार उनी को हुन् र सुन कसको हो भन्नेबारे खुलिसकेको छैन। तर, सोधपुछका क्रममा सुन मीनबहादुरको रहेको बताएपछि उनलाई पनि विमानस्थलबाटै पक्राउ गरिएको हो।

बरामद भएको सुन आज जोखिने महानिर्देशक पौडेलले जानकारी दिए। चन्द्र घले बुधबार नै फ्लाइ दुबईको फ्लाइटबाट नेपाल आउन लागेको जानकारी आएको थियो। त्यसैले बुधबारबाटै एयरपोर्टमा निगरानी भइरहेको थियो। बुधबार घले नआएपछि बिहीबारको फ्लाइटमा पनि कर्मचारीहरुले निगरानी गरेका थिए।

विमान अवतरण भइसकेपछि अन्य यात्रु सरासर झरेर गइसकेपछि करिब अन्तिमतिर घले झरेका थिए। उनलाई झर्नेवित्तिकै भन्सारको टोलीले पक्राउ गरेको थियो। घलेको कल डिटेल र उनको सम्पर्कमा रहेका व्यक्तिहरुमाथि निगरानी भइरहेको छ। अन्य केही व्यक्ति पनि संलग्न हुनसक्ने भएकाले अनुसन्धान भइरहेको उनले बताए।

पक्राउ परेका दुबैजनालाई प्रहरी प्रभाग कोटेश्वरमा राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट