४ जनाको सामुहिक हत्याकाण्डः ६ दिनसम्म प्रहरी अन्यौलमै, अनुशन्धानले रिजल्ट दिएन

काठमाडौं– मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दुमा एकै परिवारका चारजनाको हत्या भएको घट्नामा प्रहरीले अहिलेसम्म पनि हत्याराको पहिचान गर्न सकेको छैन।

मुन्दुका दीपक बोहराकी श्रीमती २८ वर्षीया श्रीदेवी, ११ वर्षीय छोरा मनोज, नौ वर्षीया छोरी अप्सरा र आठ महिने छोरा रहरको शव १० कात्तिकमा फेला परेको थियो।

उनीहरुको शव फेला परेको करिब एक हप्ता बित्न लाग्दासमेत अपराधि पक्राउ परेका छैनन्। प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरुको हत्या ८ कात्तिकमै भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरेको खुलाएको छ। हत्याराको नजिक पुगिसकेको दावी गर्दै आएको प्रहरीले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपनि हत्याको क्लु फेला पार्न सकेको छैन।

मृतक श्रीदेवीले लगाएको गरगहना र मोवाईलसमेत नभेटिएपछि हत्या लुटपाटको उद्देश्यले गरेको आशंका प्रहरीले गरेको छ। श्रीदेवी छोराछोरीसहित कात्तिक ७ गते बडादसैँको टीका थाप्न छायानाथ रारा–६, कोटिल्लास्थित माइतीघर पुगेकी थिइन्। उनीहरू दसैँको दिन टीका लगाएर त्यहीँ बसे। कात्तिक ८ गते आफ्नो घर फर्किएका थिए। सोही राति उनीहरुको हत्या भएको हो।

उनीहरुको हत्यापछि मृतकको मोबाइलबाट श्रीमान दिपकको म्यासेन्जरमा फोटो पठाइएको खुलेको छ। दीपक शनिवार नै घर फर्किएका छन्।

सम्बन्धित खबर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट