अमेरिकामा अन्धाधुन्ध गोली चल्यो, २२ जनाको मृत्यु, आक्रमणकारी फरार

काठमाडौं– अमेरिकाको मेइनमा एक व्यक्तिले अन्धाधुन्ध गोलाबारी गर्दा २२ जनाको मृत्यु भएको छ। घटनामा ६० जनाभन्दा वढि घाइते भएका छन् ।

लेविस्टनमा स्थानीय समयअनुसार साँझ ७ बजेबाट गोलाबारी सुरु भएको थियो । कम्तीमा तीन ठाउँमा गोलाबारी भएको बताइएको छ । सबैभन्दा पहिले बालबालिकाको कार्यक्रम आयोजना भइरहेको एक बलिङ एलीमा गोली प्रहार गरिएको थियो।

त्यसको लगत्तै एउटा बार एन्ड ग्रिलमा गोली चलेको थियो। त्यस्तै वालमार्ट डिस्ट्रीब्युसन सेन्टरमा ८ बजेपछि गोली चलेको र त्यसपछि ९ बजे गोलाबारीको अर्को घटना भएको जनाईएको छ।

सिटी काउन्सिलर रोबर्ट म्याकार्थीले मृत्यु हुनेको संख्या २२ पुगेको जानकारी दिए । प्रहरी अधिकारीहरूले मानिसहरूलाई घरभित्र बस्न र ढोका लगाउन आग्रह गरेका छन् । लेविस्टनमा करिब ३९ हजार मानिसको बसोबास रहेको छ ।

लेविस्टन प्रहरीले आफ्नो फेसबुक पेजमा सन्दिग्धको तस्बिर सार्वजनिक गरेको छ । उनको नाम रोबर्ट कार्ड भएको बताइएको छ । उनले अमेरिकी सेनाको रिजर्भ ट्रेनिङ सेन्टरमा हतियारको प्रशिक्षण लिएको र उनीमा मानसिक समस्या रहेको प्रहरीको भनाई छ । ४० वर्षीय कार्डले दुई महिना मानसिक अस्पतालमा बिताएको पनि बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट