मिनि ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो

दमक– उत्तरी झापाको अर्जुनधारा नगरपालिका–३ खुदुनाबारीमा शनिबार मिनी ट्रकमा स्कुटर ठोक्किदा दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा स्कुटर चालक अर्जुनधारा–२ गाजाबारीका ३५ वर्षीय याम भट्टराईको घटनास्थलमै र पछाडि बसेका ३६ वर्षीय रोशन लुङ्गेली मगरको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा मृत्यु भएको हो ।

प्रहरीले मिनीट्रकका चालक अर्जुनधारा–२ का २५ वर्षीय हेमबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट