बैंकका प्रमुखहरुलाई लक्षित गरी ‘कालोमोसो दस्ता’ घोषणा गरेका दुर्गा प्रसाईंलाई कस्ले दल्यो मोसो ?

राजविराज– बैंक तथा वित्तिय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भन्दै ‘कालोमोसो दस्ता’ घोषणा गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार अज्ञात समूहले कालोमोसो दलेका छ।

काठमाडौंको जमलस्थित यल्लो प्यागोडा होटलमा दिउसाँे प्रसाईंमाथि कालोमोसो दलिएको हो। उनले होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले प्रसाईंलाई उद्वार गरेर प्रहरी वृत्त दरबारमार्ग लगिएको बताए। प्रसाईंलाई कसले कालोमोसो दलेको हो भन्ने खुलेको छैन।

प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

प्रसाईले भने आफूलाई नेकपा एमालेका कार्यकर्ताले दुर्व्यवहार गरेको आरोप लगाएका छन्। आफूले सर्वहारा वर्गको पक्षमा वकालत गर्दा एमालेका कार्यकर्ताले आफूमाथि दुर्व्यवहार गरेको उनको भनाइ छ।

माओवादीको जनयुद्ध कालमा सेनाको सैनिक हिरासतमा समेत वसेका प्रसाई पछिल्लो समय नेकपा एमालेमा लागेका थिए। एमाले अध्यक्ष ओलीलाई हजुरबुबा भन्ने उनी पार्टीमा स्वार्थ नमिलेपछि राजावादी भएका छन्।

उनले देशमा राजा फर्काउनु पर्ने भन्ने विभिन्न अभियान समेत चलाए। उनले ब्यवसायीहरुलाई लक्षित गरेर विभिन्न विवादास्पद अभिब्यक्ति दिदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट