पारस खड्कासँग भेटेपछि एसियाडका लागि चीन जान तयार भए सन्दीप लामिछाने

काठमाण्डौं– बलात्कार मुद्दाको पेशीका कारण रोकिएका क्रिकेटर सन्दीप लामिछाने एसियन गेम्सका लागि आज चीन प्रस्थान गर्ने भएका छन् । साढे १२ बजेको फ्लाइट मार्फत उनी चीन जानेछन।

नेपाली क्रिकेट टीम तीन दिनअघि नै एसियाडका लागि चीन गएको छ। त्यसपछि लामिछानेले आफू मानसिक रूपमा कमजोर बनेको भन्दै एसिया कप नखेल्ने वताएका थिए।

तर, सोमवार बेलुका नेपाल क्रिकेट संघका नवनिर्वाचित सचिव पारस खड्कासँग भेटवार्ता भएपछि सन्दीप चीन जान तयार भएका हुन।

पाारसले सन्दीपलाई उनको सरोकारका विषयहरू सम्बोधन गर्न आफूले सक्दो कोसिस गर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट