एक वर्षकी छोरीलाई रातभरी उखुबारीमा बाँधेर भागेकी महिला पक्राउ

काठमाण्डौं– उखुबारीमा एक वर्षीया छोरीलाई बाँधेर भागेकी कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाकी २५ वर्षीय सर्मिला चौधरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

सर्मिलालाई बेलडाँडी गाउँपालिका– ३ वैवाहबाट पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेर महिलालाई ईलाका प्रहरी कार्यालय बेलौरी लगेको छ।

बिहीबार बेलुका बेलौरी नगरपालिका–७ सिंहपुुरस्थित उखुबारीभित्र हात बाँधेर एक वर्षीया छोरीलाई छोडी ती महिला भागेकी थिइन्। माइती घरमा बस्दै आएकी उनी ‘घर जान्छु’ भन्दै निस्किएको जनाईएको छ।

अर्को दिन स्थानीयले बालिकालाई उखुबारीभित्र रोइरहेको अवस्थामा फेला पारेका थिए। स्थानीय र प्रहरीले उद्धार गरेर ती बालिकालाई मावलीतर्फको हजुर आमा रामपति चौधरीको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।

उनले यसअघिको बिहे गरेका युवकसंग सम्बन्ध तोडेर अर्को बिहे गरेकी थिइन्। श्रीमान्लाई छोडेर अर्को बिहे गरेकी उनको त्यहाँ एउटा छोरा थियो। सो छोरा बुवासँगै छाडी भागेर अर्को बिहे गरेकी उनको अहिलेको छोरी हो। तर उनले बुवाको ठेगाना नबताउँदा नाबालिका बेवारिसे बनेकी छन्।

विगतमा पनि श्रीमान् र बच्चा छोडेर अर्को बिहे गरेर हिँडेकोले यसपटक पनि छोरीलाई उखुबारीमा बाँधेर आमा अर्कैसँग हिडेको आशंका गरिएको छ। तर, प्रहरीले यस बारेमा केही खुलाएको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट