आज संविधान दिवस, ६७० जनाले मिनाहा पाए कैद सजाय

राजविराज– संविधानसभाबाट संविधान जारी भएको अवसरमा आज विविन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ ।

०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। संविधान दिवसको अवसर पारेर सरकारले ६७० जना कैदको सजाय मिनाहा दिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिस अनुसार माफी दिएका हुन्।

उनीहरुको माफी मिनाह आजैबाट लागू भएको छ। उनीहरु ५० प्रतिशत कैद भुक्तान गरिसकेका र ज्येष्ठ नागरिक रहेकाले कैद सजाय माफी मिनाहा दिएको दाबी गरिएको छ।

सजाय माफी मिनाहा पाउनेमा भीमबहादुर खवाससहित ४९७ जना, हर्कबहादुर लिम्बुसमेत १७० जना र सहनदिन भन्ने समदिन मियासमेत ३ जना गरी ६७० जना छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट