सुवास नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टिको दिन सार्वजनिक बिदा

काठमाण्डौं– सरकारले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राजकीय सम्मान सहित अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको हृदयघातका कारण निधन भएको हो।

उनको निधनपछि आज बिहान प्रधानमन्त्री तथा मन्त्रिरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिरिषदको कस्मिक बैठक बसेको थियो ।

बैठकले, नेम्वाङले संविधान निर्माणको क्रममा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता रेखा शर्माका अनुसार शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत सरकारले गरेको छ ।

नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टि यही भदौ २८ गते गर्ने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट