बुधबारदेखि गेष्ट हाउसमा वसेका जोडी मध्ये युवतीको मृत्यु, युवक प्रहरी निगरानीमा

काठमाण्डौं– ललितपुरको एक गेस्ट हाउसमा शुक्रबार विहान अचेतावस्थामा फेला परेकी युवतीको मृत्यु भएको छ।

ललितपुर महानगरपालिका–७ ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा ती महिला अचेत अवस्थामा फेला परेकी थिईन। गेष्ट हाउसमा बेहोस भएपछि उनलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको थियो।

उपचारकै क्रममा उनको मृत्यु भएको ललितपुरका एसपी नरेशराज सुवेदीले वताए। युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आएको बताएपछि प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट