अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह खर्च ८० अर्व नाघ्यो

काठमाण्डौं– भारतीय उद्यमी मुकेश अम्बानीका कान्छा छोरा अनन्तको विवाह विगत ७ महिनादेखि चर्चामा छ। अझै सकिएको छैन। फोर्ब्स बिलिनियर मुकेशका छोरा अनन्त र भारतीय व्यवसायिक घराना विरेन मर्चेन्टकी छोरी राधिकाको विवाह शुक्रबार औपचारिक रुपमा सम्पन्न भएको छ।

गत डिसेम्बरमा इन्जेगमेन्ट गरिएको अनन्त र राधिकाको जोडीले प्रि वेडिङको रुपमा इटालीसम्म पुगेर आफ्नो विवाह सेलिब्रेट गरेका थिए। शुक्रबार भने बेलायती पूर्वप्रधानमन्त्री बोरिस जोन्सन, विश्वचर्तित रेस्लर जोन सिनादेखि किम कार्दसियन हुँदै जस्टिन बिबरसम्मका सेलिब्रेटीहरु निम्तालु बनेर भारत आए। यसअघि नै प्रि वेडिङ समारोहमा बिल गेट्स, मार्क जुकरबर्ग र डोनल्ड ट्रम्पका छोरी ज्वाइँ समेत अम्बानी परिवारको निम्तामा भारत आएका थिए।

यसैगरी, बलिउड स्टारहरुदेखि हलिउडका विश्व चर्चित सेलिब्रीटी, संसारभरका अर्बपतिहरु र प्रभावशाली नेताहरुलाई पनि विवाहमा बोलाइएको थियो।

फोर्ब्सको बिलिनयिर सूची अनुसार विश्वकै ११ औं नम्बरमा रहेका धनाढ्य मुकेश अम्बानीले सात महिनासम्म चलेको छोराको विवाहमा कति खर्च गरे भन्ने विषय चौतर्फी चासो बनेको छ। विभिन्न अन्तर्राष्ट्रिय मिडियाका अनुसार विवाहमा मुकेश अम्बानीको आफनो कुल सम्पत्तिको ० दशमलव ५ प्रतिशत रकम खर्च गरेका छन्। जुन ५ हजार करोड भारतीय रुपैयाँभन्दा वढि हो।

नेपाली रुपैयाँमा हिसाब गर्दा यो रकम ८० अर्ब रुपैयाँ हुन्छ। सामान्यतया हरेक भारतीय परिवारले विवाहमा आफ्नो कुल सम्पत्तिको ५ देखि १५ प्रतिशतसम्म खर्च गर्छन्। जवकि अनन्त र राधिकाको विवाहमा उनीहरुको कुल सम्पत्तिको जम्मा ० दशमलव ५ प्रतिशत मात्रै खर्च भएको देखिएको छ।

अम्बानीले जस्टिन बिबरलाई १ करोड अमेरिकी डलर पारिश्रमिक दिएर निम्ता गरेका थिए। साथै रिहानालाई ७० लाख डलरमा सांगीतिक प्रस्तुतीका लागि बोलाएको थियो। इटालीमा भने केटी पेरीले पनि महंगो पारिश्रमिक दिएर प्रस्तुती दिएकी थिइन्।

तर जमनगरमा गरिएको प्रि वेडिङ समारोह अम्बानीको व्यक्तिगत खर्चबाट नभएर रिलायन्स र अन्य सरोकारवालाहरुको लगानी रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले चासो राखेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट