सिमलताल पहिरोमा परेका एन्जल डिलक्सका मालिकको शव ८ दिनपछि भारतमा भेटियो

चितवन— सिमलताल पहिरोमा परी वेपत्ता भएका बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्सका मालिक माइला लामिछाने केसीको शव घट्नाको ८ दिनपछि शुक्रबार विहान भारतीय भुमिमा फेला परेको छ।

भक्तपुर र मकवानपुर दुवै ठाउँमा बसोबास गर्दै आएका केसीको शव त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणस्थित भारती क्षेत्र चम्पारण नगाहा स्थित नारायणी नदीमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो।

केसीले बायाँ हातमा अंग्रेजी अक्षर आरबीएस लेखिएको ट्याटु र बायाँ हातमा कालो चेनको घडी लगाएका छन। यी सबै प्रमाणका आधारमा मृतकका भाइले उनको शव सनाखत गरेको प्रहरीले जनाएको छ।

गत शुक्रबार चितवनको भरतपुर महानगरपालिका–२९, सिमतलालको पहिरोमा परेकाहरुको शव नारायणी नदी हुँदै भारतमा फेला परिरहेका छन्। भारतीय प्रहरीको सहयोगमा शवको खोजतलास भईरहेको छ। केसीको शव पनि भारतीय प्रहरीले नै गण्डक ब्योरेजको पुलमा ल्याइदिएको हो। शवलाई त्रिवेणीमा राखिएको छ।

लेदोसहितको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्सलाई त्रिशूलीमा खसालेको थियो।

दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ। ती मध्ये ३ जनाले ज्यान बचाएका थिए भने कुल २३ जनाको शव फेला परेको छ। १५ वटा शवको सनाखत भएको छ। ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसमा सवार ऋषिपाल साह, रमितकुशर माझी, जयप्रकाश ठाकुर, किशोरकुमार चौधरी (चालक), अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा र अमृता कुमारीको सनाखत भएको हो।

त्यस्तै ०३–००६ ख १५१६ नम्बरको एन्जल बसमा सवार बसका मालिक केसी, विकास परियार, सजाद अन्सारी, सुदिप विक, परमानन्द पण्डित र चन्द्र प्रभा कुमारीको सनाखत भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट