चितवनमा के गर्दैछ सिमताल पहिरोको अध्ययन गर्न गठित कार्यदलको टोली ?

चितवन– सिमलतालमा गत २८ असारको बिहान पहिरोमा परेर २ वटा बससहित यात्रुहरुलाई बगाएको घटनाको अध्ययन गर्न गठित कार्यदलको टोली चितवन पुगेको छ।

नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९, सिमततालमा पहिरोमा परेका दुवै वस त्रिशुलीमा वेपत्ता छन्। सो घटनाको अध्ययन गर्न गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गरेका थिए।

कार्यदलमा नेपाल प्रहरीका एसएसपी भूपेन्द्र खत्री, सशस्त्र प्रहरीका एएसएसपी, विपद् प्राधिकरणका उपसचिव, यातायात व्यवसायी महासंघका प्रतिनिधि र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधि सदस्य छन्।

कार्यदलले घटनास्थलको प्रकृति, भूबनोट, सडकको अवस्था लगायतका विषयमा अध्ययन र अहिलेसम्म भैरहेको खोज तथा उद्धारको बारेमा जानकारी लिने र सीडीओ कार्याल चितवनमा सरोकारवालासँग छलफल गर्ने तयारी गरेको छ।

कार्यदलले प्रतिवेदन वुझाउन १० दिनको समय पाएको छ।

२८ असारको विहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको यात्रुबाहक बस सिमलताल भन्ने स्थानको पहिरोमा परेर एक साथ त्रिशूली नदीमा खसेका थिए।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसमा ३८ यात्रु र वीरगञ्जबाट काठमाडौं जाँदै गरेको एन्जल्स डिलक्स बसमा २७ यात्रु सवार थिए। त्रिशूलीमा खसेका दुबै बसका ६५ जनामध्ये ३ जना पौडिएर बाँचेका छन् भने अहिलेसम्म १७ जनाको शव फेला परेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट