छोराबुहारीले जंगलमा लगेर छोडेका जामुनलालको ४ दिनपछि उद्धार

विराटनगर– छोराबुहारीले जंगली जनावरको आहाराका लागि जंगलमा लगेर छोडेका मोरङको बेलबारी नगरपालिकाका–७, डाँगीटोलका ७० वर्षीय जामुनलाल झांगडको ४ दिनपछि उद्धार भएको छ।

वनका कर्मचारीहरूले मंगलबार बेलबारी–चिसाङ साझेदारी वन क्षेत्रबाट उनको उद्धार गरेका हुन। गस्तीमा गएका डिभिजन वन र बेलबारी– चिसाङ साझेदारी वनका कर्मचारीहरु गणेश कार्की, राजेन्द्र घिमिरे, मुरारी काफ्ले, सन्तोष विकलगायतले वृद्धको उद्धार गरेको चिसाङ साझेदारी वनका अध्यक्ष दिनेश गिरीले बताए।

खानेकुराको अभाव तथा झरी र गर्मीका कारण सुस्त र लखतरान परेका वृद्धलाई उपचारका लागि बेलबारी नगर अस्पतालमा भर्ना गरिएको छ। गिरीका अनुसार वृद्धको शरीरमा चोटपटक समेत लागेको छ।

वृद्धसँग कुरा गरेका गिरीका अनुसार उनलाई छोरा बुहारी मिलेर मोटरसाइकलमा राखि जंगलमा लगेर छोडिदिएका हुन। ‘चार दिनअगाडि छोराबुहारीले मोटरसाइकलमा ल्याएर छाडेको भनेका छन्’ गरीले भने–‘धेरै बोल्न सक्दैनन्। अहिले नगर अस्पतालमा उपचार गराइरहेका छौं।

वडाध्यक्ष सुनिता चौधरीले वृद्धका छोरावुहारीलाई वडा कार्यालयमा बोलाएको बताइन्। ‘उनीहरु आएपछि के भएको हो, घट्नाको यथार्थ पत्ता लाग्छ।’– उनले भनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट