कैलालीको खुटिया खोलामा हामफालेर जोक्करले गरे आत्महत्या

काठमाण्डौं– कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेका ५५ वर्षीय जोक्करबहादुर गुरूङले स्थानीय खुटिया खोलमा हामफालेर आत्महत्या गरेका छन्।

गुरूङले सोमबार राति साढे ११ बजे पुलबाट खोलामा हाम फालेका थिए। पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरूङको सेती प्रादेशिक अस्पताल धनगढीमा राती साढे १२ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट