मोरङमा कुखुरा फार्म सञ्चालकको विभत्स हत्या, फार्ममा काम गर्ने दम्पत्ति फरार

विराटनगर– मोरङको सुन्दरहरैँचामा कुखुरा फार्म सञ्चालन गर्दै आएको एक ब्यक्तिको विभत्स हत्या भएको छ। सुन्दरहरैंचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या भएको हो।

घर नजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको बिहीबार बिहान साढे १० बजे फार्मभित्रै शव फेला परेको छ। उनको शव टाउको क्षतविक्षत भएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा फेला परेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले वताए।

घटनास्थलको प्रारम्भिक अनुशन्धानले बजगाईँको हत्या नै भएको प्रहरीको निस्कर्ष छ। तर, हत्याराको पहिचान हुन सकेको छैन। बजगाईंले खुकुरा फार्ममा काम गर्नका लागि एक दम्पतीलाई राखेका थिए। डीएसपी वस्नेतका अनुसार उनीहरु दुवै जना फेला परेका छैनन्।

बजगाईँको हत्या गरेर उनीहरु फरार भएको आशंका छ। तर, अनुशन्धानपछि मात्रै घट्नाको यकिन जानकारी आउने प्रहरीको भनाई छ। घटनास्थलबा प्रहरीले रगत लागेको अवस्थामा एउटा बन्चरो र दाउ बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोली घटनाको अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट