पार्टीबाट नाङ्गेझार भएपछि मुकुल ढकालले देखे रविको नागरिक्ता र पासपोर्टमा समस्या

काठमाण्डौँ– आफु सर्वशक्तिमान हुँदा एक शब्द नवोलेका राष्ट्रिय स्वतन्त्र पार्टीका निष्कासित महामन्त्री मुकुल ढकालले पार्टीबाट नाङ्गेझार भएपछि भने सभापति रवि लामिछानेको नागरिक्ता र पार्टपोर्टको विषयमा छानविन गर्नु पर्ने बताएका छन्।

ढकालले बुधबार पत्रकार सम्मेलन गर्दै लामिछानेको नागरिक्ता र पासपोर्टका विषयमा उच्चस्तरीय समिति वनाएर छानविन गर्नु पर्ने वताए। उनले सहकारी ठगीको विषयमा पार्टीभित्र पनि उच्चस्तरीय छानबिन समिति बनाउन आवश्यक परेको बताएका छन्। पार्टीको जीवनसँग जोडिएकाले रविको पासपोर्ट लगायतका विषय टुंगोमा पुग्नुपर्ने आवश्यक्ता औंल्याए।

सहकारी प्रकरणमा छानबिन अघि बढाउन सर्वोच्च अदालतले समेत ठहर गरेकोले अब पार्टीभित्रै स्वतन्त्र छानबिन समिति आवश्यक रहेको उनको भनाई छ। ‘विधि प्रक्रिया नबुझ्दा दुइटा पासपोर्टको समस्यमा पर्नुभयो भनेर मैले साथ दिएँ तर अहिले पार्टीकै भविष्यको चिन्ता भएकाले अब पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन हुनुपर्छ,’ उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछाने क्लबमा परिणत भएको आरोप पनि उनले लगाए। आफूलाई राजनीतिक दल ऐनअनुसार स्पष्टीकरणको मौकासमेत नदिई महामन्त्रीबाट निष्कासन गरिएको कुरा कानुनविपरीत रहेको उनले दाबी गरे। उपसभापतिले पदबाट हटाउने अधिकारसमेत नरहेको उल्लेख गर्दै ढकालले उनले वैधानिक रुपमा आफू नै पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट