तनहुँबाट बालिकालाई बन्धक बनाई पोखरा पुर्याएर बलात्कार गर्ने धनुषाका अरुण र भारतीय युवक पक्राउ

काठमाण्डौं– तनहुँबाट एक नाबालिकालाई अपहरण गरि पोखरा पुर्याएर बलात्कार गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने एक जना धनुषाका युवक छन्।

भारत बिहारस्थित सितामणी डुमरा थाना सुरसड पक्ष्मी–१ सुरसड गाउँका १९ वर्षीय सुनिल दास भन्ने सुनिल कुमार र धनुषाको क्षिरेश्वरनाथ गाउँपालिका–१० गोपालपुरका २१ वर्षीय अरूणकुमार दासलाई प्रहरीले पक्राउ गरेको हो।

कास्की प्रहरीका अनुसार उनीहरूले १७ असारको विहान तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुबाट नाबालिकालाई फकाएर पोखरा पुर्याएका थिए। ग८प ४२८० नम्बरको मोटरसाइकलमा राखेर बालिकालाई पुखोरा पुर्याई वडा नंम्बर ११, रानीपौवास्थित आफनै कोठामा बन्धक बनाएर सामुहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानमा खुलेको छ।

बलात्कारपछि तनहुँ फर्किने क्रममा पोखरा पावरहाउसबाट दुवैलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरू विरुद्ध जिल्ला अदालत कास्कीमा अपहरण वा शरीर बन्धक तथा जबरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ। अदालतले अनुशन्धानका लागि ८ दिन हिरासतमा राख्ने अनुमती दिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट