१ हजार बालबालिका जन्मिदा अहिले पनि उपचार नपाएर ३३ जना मर्छनः डा. भगवान कोईराला

 

काठमाण्डौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख प्रा. डा. भगवान कोइरालाका अनुसार वर्तमान अवस्थामा १ हजार बालबालिका जन्मिँदा ३३ जनाको मृत्यु हुने गरेको छ। उनले सोमवार प्रश्तुत गरेको मृत्यु हुने बालबालिकाको यो तथ्यांक उपचार नपाएर मर्नेहरुको मात्रै हो।

यही अवस्थालाई कम गर्न गायिका आनी छोइङ डोल्माले दमक बाल अस्पताललाई एक करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा आनी छोइङ डोल्मा फाउण्डेसनको तर्फबाट काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका प्रमुख कोइरालालाई उक्त सहयोग हस्तान्तरण गरिएको छ।

फाउण्डेसनको तर्फबाट आनीका सांगीतिक गुरु तथा गीतकार दुर्गालाल श्रेष्ठले उक्त रकमको चेक कोइरालालाई प्रदान गरे । ‘मैले संगीतबाट जुन उपलब्धि हासिल गरें, त्यो हजुरहरुकै कारणले हो । म यो उपलब्धिलाई तपाईंहरुसामु बाँड्न चाहन्छु।’ कार्यक्रममा बोल्दै आनीले भनिन्।

डा. कोइरालाले नेपालमा बाल स्वास्थ्यको अवस्थाबारे प्रकाश पारेका थिए । एक हजार बालबालिका जन्मिंदा उपचार नपाएर ३३ जनाको मृत्यु हुने तथ्यांक पेश गर्दै उनले भने– ‘ती सबै मृत्यु रोक्न सकिने खालका थिए।’

बालबालिकालाई उपचारको अभावबाट हुने क्षति र अपांगताबाट बचाउनु तथा परिवारलाई गरिबीको दुश्चक्रबाट जोगाउनु आफूहरुको उद्देश्य रहेको डा. कोइरालाले बताए । उक्त परियोजनाअन्तर्गत झापाको दमकमा बाल अस्पताल सञ्चालनमा आइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट