बारामा विद्युतका कर्मचारीमाथि कुटपिट, एक जना पक्राउ
जनकपुर — बारामा विद्युत कार्यालयका कर्मचारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सिम्रौनगढ अन्तर्गत पचरौता फ्युज सेवामा कार्यरत कर्मचारी दिनानाथ राम गत बुधबार कुटिएका हुन। उनको वायाँ हात भाँचिएको छ भने शरीरका अन्य भागमा पनि चोट पटक लागेको जनाईएको छ।
स्थानीय अस्पतालमा उपचारपछि राम घर फर्किएका छन्। कार्यालयमा फ्युज जोडिरहेका रामसँग मियाँको विवाद भएको र सोही क्रममा मियाँले निर्घात कुटपिट गरेको प्रहरीले जनाएको छ।
सोही आरोपमा प्रहरीले स्थानीय जमुन मियाँलाई पक्राउ गरेको हो। अहिले उनी इलाका प्रहरी कार्यालय सिम्रौनगढको हिरासतमा छन्। जमुन विरुद्ध अभद्र व्यवहार मुद्दामा अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया