‘विवाह गर्छु’ भन्दै अपांगता भएकी युवतीलाई बलात्कार गर्ने गुरुङ २ वर्षपछि धरानबाट पक्राउ
विराटनगर– संखुवासभामा ‘विवाह गर्छु’ भन्दै फकाएर अपांगता भएकी युवतीलाई बलात्कार गरेको आरोप लागेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।
मकालु गाउँपालिका–५ मांसिमाका ३१ वर्षीय लीलाबहादुर गुरुङलाई प्रहरीले घट्ना भएको २ वर्षपछि पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका इन्स्पेक्टर रामकुमार लामिछानेका अनुसार घट्नापछि गुरुङ फरार थिए।
उनीमाथि चैत ०७९ मा शारीरिक अपाङ्गता भएकी एक युवतीलाई विवाह गर्ने लोभ देखाएकार बलात्कार गरेको आरोप छ। गुरुङ ती युवतीसँग यौन सुख पाएपछि फरार भएका थिए। त्यसपछि युवतीको तर्फबाट प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा उनलाई इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त टोलीले सुनसरीको धरानबाट पक्राउ गरेको इन्स्पेक्टर लामिछानेले वताए।
प्रतिक्रिया