उदयपुरको वेलका नगरपालिका– ९ का वडाध्यक्ष खड्काको मृत्यु

राजविराज– उदयपुरको बेलका नगरपालिका– ९ का वडाध्यक्ष ४५ वर्षीय पदम खड्काको मृत्यु भएको छ। ९ दिन अघि मोटरसाईकल दुर्घट्नामा परेर गम्भिर घाईते भएका उनको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको हो।

सुनसरीको बराहक्षेत्र नगरपालिका– २, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाईकल ठोक्किएर दुर्घट्नामा परेका खड्कालाई धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौं लगिएको थियो।

अचेत अवस्थामा काठमाण्डौं स्थित नर्भिक अस्पताल भर्ना गरिएका उनको मृत्यु भएको वेलकाका गंगावहादुर वस्नेतले जनाएका छन्। बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार, उनको टाउकोभित्र गम्भीर चोट देखिएको थियो।

३० जेठको बिहान करिव साढे ९ बजे उनी सवार प्रदेश १ ०२ ०५३ प ३१६७ नम्बरको मोटरसाइकल प्रदेश १ ०२ ०००३ घ ७८९८ नम्बरको सिटी सफारीसँग ठोक्किएको थियो। प्रत्यक्षदर्शीका अनुसार दुर्घटनास्थलमा उनको कानबाट धेरै रगत वगेको थियो।

दुर्घटनालगत्तै उनलाई विपी प्रतिष्ठान धरान लगिएको थियो। त्यहाँ उपचार सम्भवन नहुने भएपछि चिकित्सककै निगरानीमा उनलाई काठमाण्डौं पठाईएको हो।

खड्का ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट