दुवईको बुर्ज खलिफा अगाडि उभिएर गायिका अस्मिता अस्मिताले गरिन इन्गेजमेन्ट

चर्चित गायिका गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग विवाह गर्ने तयारी गरेकी छिन्। उनीहरुले दुबई पुगेर इन्गेजमेन्ट गरेका छन्।
दुवईको प्रख्यात बुर्ज खलिफालाई पृष्ठभूमिमा राखेर महेशले अस्मितालाई औँठी लगाइदिएका हुन्। उनले अस्मितासँगका तस्बिरहरु फेसबुकमा राख्दै आफूहरुले इन्गेजमेन्ट गरेको जानकारी दिएका छन्। महेशले फेसबुकमा लेखेका छन्–‘सहयात्राको सुरुवात। वी आर इन्गेज्ड। आई लब यू।’
अस्मिताले पनि सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्दै लेखेकी छिन्, ‘दुई आत्मा, एक मुटु, सधैं सँगै’।
युवापुस्तामाझ लोकप्रिय महेश र अस्मिता केही वर्षयता प्रेमसम्बन्धमा थिए। दुवैले लज्जावती झार, तिमी सँगसँगै हिड्ने, लाइटरले बिडी सल्केको लगायत गीतमा सहकार्य गरिसकेका छन।
प्रतिक्रिया