संसद भवनमा खटिएका प्रहरीद्वारा आफैले बोकेको राईफलले निधारमा गोली हानेर आत्महत्या
काठमाडौँ– नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले आफैले बोकेको राईफलले गोली प्रहार गरेर आत्महत्या गरेका छन्।
संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको निधारमा आफैले गोली प्रहार गरेको खुलेको छ। उनको शव आज बिहान ८ बजे २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा भेटिएको थियो।
दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए। प्रहरीको केन्द्रीय विशेष कार्यदलमा उनको दरबन्दी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया