दार्जिलिङमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु, ६० जना घाईते

काठमाडौं– भारतको दार्जिलिङस्थित नयाँ जलपाईगुडी नजिकै एउटा मालबाह रेल कञ्चनजङ्घा एक्सप्रेससँग ठोकिएर दुर्घटनाग्रस्त हुँदा १५ जनाको मृत्यु भएको छ।

भारतीय रेलवे बोर्डले उद्वार कार्य पूरा भइसकेको र अहिलेसम्म मृत्यु हुनेको संख्या १५ पुगेको जनाएको छ। हाल घाइते ६० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

मालबाहक रेल अगरतलाबाट सियालदह जाँदै गरेको १३१७४ नम्बरको कञ्चनजङ्घा एक्सप्रेससँग नयाँ जलपाईगुडी स्टेशन नजिकै रंगपानीमा ठोक्किएको थियो। दुर्घटनापछि रेलमन्त्री अश्विनी वैष्णव दार्जिलिङ प्रस्थान गरेका छन्।

केन्द्र सरकारले मृतकका परिवारलाई १०/१० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेको उपचारका लागि जनही साढे २ लाख र सामान्य घाइतेलाई जनही ५० हजार दिने घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट