टी–२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी भए सन्दीप, नेपाललाई १०७ रनको लक्ष

काठमाण्डौं– नेपालका लेगस्पिनर सन्दीप लामिछाने बंगलादेश विरुद्धको खेलमा २ विकेट लिएर टी२० आईमा १ सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

आईसीसी टी२० विश्वकप ०२४ मा बंगलादेशविरुद्ध सन्दीपले ५३ औं खेलमा १ सय विकेट पूरा गरेका हुन्। १६ औं ओभरको तेस्रो बलमा जाकेर अलीलाई १२ रनमा बोल्ड गर्दै सन्दीपले १ सय विकेट पूरा गरे।

सन्दीपपछि नेपालका करण केसीले ७० खेलमा ९० विकेट, अभिनाश बोहराले ६२ खेलमा ७५ विकेट र सोमपाल कामीले ६८ खेलमा ६१ विकेट लिएका छन्।

बंगलादेशले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ। सेन्ट भिन्सेन्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश १९.३ ओभरमा १०६ रनमा अल आउट भयो। नेपालको बलिङ सामु बंगलादेशका कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। सकिब अल हसनले २२ बलमा २ चौकासहित सर्वाधिक १७ रन बनाए भने रिशाद हसनले ७ बलमा १ चौका र १ छक्कासहित १३ रन बनाए।

ओपनर तान्जिद हसन शून्य, लिटन दास १०, नाज्मुल हसन सान्टो ४, तोव्हीद ह्रिदोय ९, महमुदूल्लाह रियाद १३, जाकेर अली १२ र तान्जिम हसन सकिबले ३ रन बनाए।

नेपाललाई सोमपालले इनिङको पहिलो बलमै विकेट दिलाउदै उत्कृष्ट सुरुवात दिए। उनले तान्जिद हसन कट एण्ड बोल्ड आउट गराए। अर्को ओभरमा दीपेन्द्रसिंह ऐरीले कप्तान नाज्मुल हसन सान्टोलाई बोल्ड आउट गरे। सोमपालले पाँचौं ओभरमा आसिफ शेखबाट लिटन दासलाई क्याच आउट गराए।

कप्तान रोहित पौडेलले तौव्हीद ह्दोयलाई सन्दीप लामिछानेबाट क्याच आउट गराए भने रोहितको बलमा सकिब अल हसन एलबीडब्लू आउट। दीपेन्द्रसिंह ऐरीले ३.२ ओभरमा २२ रन खर्चेर २ विकेट लिए भने सन्दीप लामिछानेले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर २ विकेट लिए। रोहित पौडेलले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए। सोमपाल कामीले ३ ओभरमा १० रन खर्चेर २ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट