फिस्लिङ दुर्घटनामा गम्भिर घाईते भएका कार चालकको उपचारका क्रममा मृत्यु (अपडेट)

भरतपुर– चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै आज बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका मध्ये कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको मृत्यु भएको छ।

गम्भिर अवस्थामा भरतपुर स्थित पुरानो मेडिकल कलेज भर्ना गरिएको उनको उपचारकै क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।

बाँकेको नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार आपसमा ठोक्किएर दुर्घटना भएको थियो।

दुर्घटना परी १३ जना घाइते भएका छन्। त्यसमध्ये कारमा सवार कास्कीको पोखरा उपमहानगरपालिका ५ का ३५ बर्षीय समीर ओझा, काठमाडौँ टोखा नगरपालिका ६ बस्ने २२ बर्षीय शेखर मिश्र र ललितपुर महानगरपालिका २४ बस्ने २१ बर्षीय सिृजन ओझाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

४ जना उपचारपपछि घर फर्किएका छन्। कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट