चितवनको फिस्लिङमा बस र कार ठोक्किँदा १७ जना घाइते, केहीको अवस्था गम्भिर

भरतपुर– चितवनको फिस्लिङमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्।
काठमाडौंबाट चितवन आउँदै गरेको प्र–१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४०६२ नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।
कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।
दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ।
प्रतिक्रिया