मोटरसाईकल दुर्घटनामा वेलकाका वडाध्यक्ष घाईते, धरानमा उपचार सम्भव नभएपछि हेलिकप्टरमा काठमाण्डौं

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका– २, राजधामी चोकमा सिटी सफारीसँग मोटरसाईकल ठोक्किँदा उदयपुरको बेलका नगरपालिका– ९ का वडाध्यक्ष ४५ वर्षीय पदम खड्का गम्भिर घाईते भएका छन्।

धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुन नसकेपछि उनलाई हेलिकप्टर मार्फत काठमाडौं स्थित नर्भिक अस्पताल लगिएको छ। उनी अचेत अवस्थामा छन्। बेलका नगरपालिकाका मेयर अशोक कार्कीका अनुसार, उनको टाउकोभित्र गम्भीर चोट देखिएको चिकित्सकले बताएका छन् ।

बुधबार बिहान करिव साढे ९ बजे उनी सवार प्रदेश १ ०२ ०५३ प ३१६७ नम्बरको मोटरसाइकल प्रदेश १ ०२ ०००३ घ ७८९८ नम्बरको सिटी सफारीसँग ठोक्किएको थियो। दुर्घटनास्थलमा उनको कानबाट धेरै रगत वगेको प्रत्यक्षदर्शीले बताएका छन्।

उनको टाउकोमा बाहिर चोट नदेखिए पनि भित्र गम्भीर चोट रहेको बताइएको छ। दुर्घटनालगत्तै उनलाई विपी प्रतिष्ठान धरान लगिएको थियो। त्यहाँ उपचार सम्भवन नहुने भएपछि चिकित्सककै निगरानीमा उनलाई काठमाण्डौं पठाईएको जनाईएको छ।

खड्का ०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट