त्रिशुली नदीमा बेपत्ता भएका सप्तरीका बन्धु चौधरीको प्रहरीले गर्यो उद्वार

चितवन– त्रिसुली नदीमा बेपत्ता भएका सप्तरीका एक नागरिकको सशस्त्र प्रहरीले उद्वार गरेको छ।

चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशुलीमा विहिवार वेपत्ता भएका सप्तरीको खडक गाउँपालिका–८ का ५६ वर्षीय बन्धु चौधरीको प्रहरीले उद्धार गरेको हो।

उनी कुरिनटारस्थित बियर फ्याक्ट्रीमा काम गर्ने गरेको खुलेको छ। माछा मार्ने क्रममा चिप्लिएर नदीमा बगेका चौधरीको हात र खुट्टामा चोट लागेको छ। उनलाई प्रहरीले उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।

त्रिशुलीमा एक जना पुरूष बेपत्ता भएको खबर पाएपछि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक श्रीकृष्ण श्रेष्ठको कमान्डमा गोताखोरसहित १० जनाको टोली परिचालन भएको थियो।

गोताखोरको टोलीले उनलाई नदी किनारको पहरोमा अड्किएको अवस्थामा फेला पारेको जनाईएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट