जिल्ला प्रहरी कार्यालय भित्रै महिला प्रहरी जवान मृत भेटिइन्

लहान– जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक महिला प्रहरी जवान मृत भेटिएकी छन्।

कार्यालयको महिला तथा बालबालिका सेलभित्रको शौचालयमा प्रहरी जवान करिष्मा सुनारलाई मृत फेला पारिएको हो। उनी बाँकेको खजुरा गाउँपालिका–४ की बासिन्दा हुन् ।

बिहीवार अपरान्ह करिब ४ बजे झुण्डिएको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ। जानकारी अनुसार उनी ड्युटी सकेर खाना खान कार्यालयमा छिरेकी थिइन्। निकैबेर नआएपछि खोजतलास गर्दा शौचालयको सावरमा सलको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको सिरहा प्रहरीले जनाएको छ।

सुनारको परिवार नेपालगञ्जमा रहेको खुलेको छ। उनको मृत्युको कारण र थप जानकारी आउन बाँकी छ। प्रहरीले स्थानीयवासी र पत्रकारलाई कार्यालय प्रवेशमा रोक लगाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट