केरला कलेजमा हुने भनिएको स्टेज शोमा अभिनेत्री सन्नी लियोनीलाई प्रतिवन्ध

काठमाडौं– भारतको केरला विश्वविद्यालयले राजधानी तिरुवनन्तपुरमको युनिभर्सिटी कलेज अफ इन्जिनियरिङमा जुलाई ५ मा हुने तय भएको स्टेज शोमा बलिउड अभिनेत्री सन्नी लियोनीलाई प्रतिवन्ध लागेको छ। युनिभर्सिटीले सन्नीलाई नृत्य प्रस्तुत गर्न अनुमति दिन अस्वीकार गरेको छ।
विश्वविद्यालयका उपकुलपति डा. मोहनन कुन्नम्मलले क्याम्पस भित्र वा बाहिर यस्ता कार्यक्रम आयोजना गर्न नदिन निर्देशन दिदै कार्यक्रमलाई प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। अभिनेत्री लियोनीको उक्त शोलाई सूचीमा समावेश नगर्न रजिस्ट्रारलाई निर्देशन पनि दिएका छन्।
४३ वर्षीया अभिनेत्री सन्नी लियोनीले ‘जिस्म २’, ‘ज्याकपट’, ‘सुटआउट एट वडाला’ र ‘रागिनी एमएमएस २’ जस्ता बलिउड फिल्ममा काम गरिसकेकी छिन्।
यसअघि गत वर्ष कलेज युनियन पनि कार्यक्रम आयोजनाका लागि अधिकारीबाट स्वीकृति लिन असफल भएको थियो। कोचिनको एक विश्वविद्यालयमा भएको भागदौडको घटनामा चार जना विद्यार्थीले ज्यान गुमाएपछि राज्य सरकारले कलेज क्याम्पसमा बाहिरी डीजे पार्टी, म्युजिकल नाइट लगायत कार्यक्रममा प्रतिबन्ध लगाएको थियो।
कोचिन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी (कुस्याट) मा भएको भागदौडमा चार जनाको मृत्यु र ६४ जना घाइते भएका थिए।
यो पनि,