महिलाले लगाउने लुङ्गी र सुतिको साडीमा भ्याट लगाएर प्रधानमन्त्री पत्निका नाममा कलेज

काठमाडौँ– सरकारले महिलाले प्रयोग गर्ने लुँगी, साडी र सुतीका कपडामा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने भएको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्दै मंगलबार अर्थमन्त्री वर्षमान पुनले साडी, लुँगी र सुतीका कपडामा १३ प्रतिशत भ्याट लाग्ने घोषणा गरेका हुन्।

यसअघि महिलाहरुले प्रयोग गर्ने लुँगी, साडी र सुतीका कपडाको खरिद मूल्यमा १० प्रतिशत भन्सार शुल्क मात्रै लाग्ने व्यवस्था गरिएको थियो। महिलाले प्रयोग गर्ने यी कपडासँगै ट्रयाक सुट, स्की सुट र पौडीमा प्रयोग गरिने कपडाहरुमा पनि सरकारले भ्याट लगाएको छ।

यी कपडाहरुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएसँगै अब नेपाली बजारमा यी कपडाहरुको मूल्य थप महँगिने भएको छ।

सरकारले नेपाली जनताबाट यसरी उठाएको रकम भने प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी स्वर्गीय सीता दाहालको नाममा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने तयारी छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाममा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताएका छन्। ‘काठमाडौं विश्वविद्यालयमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु।’

तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट