यौवनमै पति गुमाएकी महिलाको विभत्स हत्या, बलात्कारपछि हत्या गरेको आशंका

काठमाडौं– बाजुराको बडिमालिका नगरपालिका–६ कोर्धकी एक २५ वर्षीया महिलाको विभत्स हत्या भएको छ। घरबाट करिव २ घण्टा टाढा रहेको गोठमा उनको हत्या भएको हो।

नन्द वडुवालकी श्रीमती धौली बडुवालको हत्या भएको हो। उनको बलात्कारपछि कुटपिट गरेर हत्या गरेको स्थानीयको आशंका छ। बुढाकोर्ध लेखमा रहेको गोठमा गाइबस्तु रुँघेर वसेकी धौलीको शव सोमबार बिहान करिव ७ बजे फेला परेको हो।

धौलीको चालचुल नदेखेपछि नजिकै अर्को गोठमा वस्दै आएकी जमुना बडुवाल उनलाई हेर्न पुगेकी थिईन। उनी पुग्दा गोठमा ढोका लागेकै थियो। ढोका खोलेर हेर्दा धौली सुतेको जस्तो देखिएपनि अनुहार भरी चोट र शरिर भरी रगत देखिएको थियो।

स्थानीयका अनुसार धौलीको टाउकाको पछाडिको भाग तथा अनुहारमा गम्भिर चोट छ भने घुँडा र छातिमा निलडाम छ। गोठ र उनको शव वरिपरी रगत लतपतिएको छ। उनीसँग रहेको नगद पैसा र शरिरमा लगाएका गहना भने जस्ताको तेस्तै फेला परेको छ। उनको हत्या लुटपाट गर्ने उद्देश्यले नभएको जनाईएको छ।

धौलीका छोरा नृपले पनि आमाको शरिरमा भएका गहना र पैसा साथमै रहेको वताउँदै हत्याको कारण बलात्कार नै भएको आशंका गरे। ‘मार्नै पर्ने अर्को कारण देखिदैन। बलात्कार भयो, त्यसपछि पोल खुल्ने डेर हत्या गरियो’– उनले भने।

मृतकको शव पोष्टमार्टमाका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ। आफन्तले हत्यारा पत्ता नलाग्दासम्म शव जिम्मा नलिने बताएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी दिलिपकुमार गिरीले घट्नाको अनुशन्धान भईरहेको वताएका छन्। ‘बलात्कारपछि हत्या भएको हो वा हत्या मात्रै हो भन्ने विषय पनि अनुशन्धानबाट खुल्छ’ उनले भने–‘हामीले अनुशन्धान गरिरहेका छौं, निस्कर्ष चाँडै आउँछ।’

प्रहरीले अनुशन्धानका क्रममा ३ जनालाइ पक्राउ गरेको छ। स्थानीयका अनुसार धौलीका श्रीमान नन्दको करिव २५ बर्षअघि नै मृत्यु भइसकेको छ। उनकी एक अशक्क्त छोरी पनि छिन्। उनी आमासँगै वस्दै आएको खुलेको छ। तर, दुई दिनअघि छोरी पनि बुढाकोर्धबाट कोर्धगाउँ स्थित घर गएको वेला एक्लै पारेर उनको हत्या गरिएको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट