सुधार केन्द्रमा युवकको मृत्यु प्रकरण अनुशन्धानमा सञ्चालकसहित १७ जना पक्राउ
काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको घट्ना अनुशन्धान गर्न प्रहरीले १७ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसमेत छन्। खत्री र तामाङसहित १७ जनालाई नियन्त्रणमा लिएर घट्नाको अनुशन्धान सुरु गरिएको इलाका प्रहरी कार्याल सुखडका डीएसपी दीप्रेन्द्रकुमार पालले वताए। १५ जना सुधार केन्द्रमै रहेका ब्यक्तिहरु भएको उनको भनाई छ।
प्रहरीका अनुसार शाही बुधबार राती करिव ३ बजे भाग्ने प्रकृयामा थिए। सोही क्रममा सुधार केन्द्रको तले घरमाथि चढेर हाम फाल्दा उनको मृत्यु भएको प्रहरीको दावी छ। छतबाट खसेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाई छ।
मृतकका बुबा धनराजले भने २५ दिनयता छोरासँग भेटघाटै गर्न नदिई यातना दिईएको र कुटपिटका कारण मृत्यु भएको आरोप लगाएका छन्। कुराकानी समेत गर्न नदिईएको छोराको एकै पटक मृत्यु भएको खवर दिनुले घट्ना शंकास्पद रहेको उनले जिकिर गरेका छन्।
शाहीको शरीरका विभिन्न भागमा घाउ चोटपटक रहेको जनाएको पाईएको छ। शाहीलाई उनको परिवारले गत पुसमा सुधार केन्द्रमा राखेका थिए।
यो पनि,