शहिदनगरका मेयरविरुद्ध वडाध्यक्षको आन्दोलनमा झडप, २ प्रहरी घाईते
जनकपुर– धनुषाको शहीदनगर नगरपालिकाका मेयर दिनेशप्रसाद यादवविरुद्ध वडाध्यक्षले सुरु गरेको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा २ प्रहरी घाईते भएका छन्।
मेयर यादवले हरेक कुरामा एकलौटी गरेको र भ्रष्टाचारमा लिप्त भएको भन्दै वडा नम्बर ६ का अध्यक्ष उमेश निरालाले आन्दोलन सुरु गरेका छन्। उनको साथमा धेरै सर्वसाधारणमा प्रदर्शनमा उत्रिएका छन्।
प्रदर्शनकारीले नगरपालिकामा तोडफोडको प्रयास गर्दा प्रहरीले रोक्न खोजेको र सोही क्रममा झडप भएको जनाईएको छ। त्यस क्रममा प्रहरीले १ सेल आश्रुग्यास समेत प्रहार गरेको थियो।
धनुषा प्रहरीका डिएसपी रञ्जन अवाका अनुसार प्रदर्शनकारीले हानेको ढुङ्गा लागेर दुईजना प्रहरी घाईते भएका छन्। उनीहरुको टाउकोमा ढुङ्गाले लागेको छ।
मेयर यादव र वडाध्यक्ष निराला दुवै जनता समाजवादी पार्टीबाट निर्वाचित भएका हुन।
प्रतिक्रिया