कुवेत भनेर नेपाली चेलीलाई श्रीलंका पुर्याउने गाउँपालिका अध्यक्ष पक्राउ
काठमाडौँ– नेपाली चेलीलाई कुवेत भन्दै श्रीलंका पठाएका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्वु स्याङबो घले पक्राउ परेका छन्। मानव वेचविखनको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
अध्यक्ष घलेलाई मानव बेचविखन विरुद्धको कसुरमा पक्राउ गरिएको मानव बेचबिखन ब्यूरोका एसएसपी ओम रानाले बताए। घलेविरुद्ध २२ साउन ०७३ मै प्रहरीमा उजुरी परेको थियो।
प्रहरीका अनुसार नेपाली महिलाहरूलाई कुवेत पठाउँछु भनेर श्रीलङ्का पठाएको अनुसन्धानबाट खुलेको छ। सो घटनामा संलग्न अरु दुई जना फरार छन्।
प्रतिक्रिया