फौजदारी मुद्दामा दोषी ठहरिएका नारायण आचार्य भन्छन्ः मलाई पत्रकारले अपराधी बनाए (भीडीओसहित)

राजविराज– दुनियाँवादी फौजदारी मुद्दामा अदालतबाट जरिवाना तोकिएका सप्तरीको सप्तरीकोशी नगरपालिका–१, फत्तेपुर स्थित राष्ट्रिय माद्यमिक विद्यालयको ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यले त्यसको आक्रोश पत्रकार माथि पोखेका छन्।

गाली वेईजती मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासवाट १०० रुपैया जरिवाना गरेको विषयमा पत्रकारले समाचार लेखेपछि उनले आक्रोश ब्यक्त गरेका हुन। उनले आफुलाई पत्रकारले अपराधी बनाएको पनि बताएका छन्।

फत्तेपुरस्थित मत्स्य विकास केन्द्रका तत्कालिन प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत जागेश्वर यादवले ०७८ भदौ २५ गते उच्च अदालत जनकपुर, राजविराज इजलासमा दर्ता गरेको ‘गाली वेईज्जती’ मुद्दाको अन्तिम फैसलामा आचार्य दोसी ठहर भएको विषयमा केही समय अगाडि समाचार प्रकाशित भएको थियो।

 

न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र जगतवहादुर थापाको ०७९ फागुन २ गतेको संयुक्त इजलासले आचार्यलाई १ सय रुपैयाँ जरिवाना गरेको थियो। यसअघि जिल्ला अदालत सप्तरीको ०७७ चैत २३ गतेको फैसला उल्ट्याएर उच्च अदालतले आचार्यलाई ठोसी ठहर गरेको हो। यादवका अनुसार सप्तकोशी नगरपालिकाका तत्कालिन वडाध्यक्ष आचार्यले उनलाई अपशब्द प्रयोग गरी गाली गरेका थिए।

आचार्यले ‘तेरीमा झ्याक्ने’ भन्दै गाली गरेको कुरा उच्च अदालतले समेत पुष्टि गरेको छ। सोही अनुसार आचार्यलाई गाली बेईज्जती ऐन २०१६ को दफा ७ बमोजिम जरिवाना भएको हो।

उक्त ऐनको दफा ३ मा वेईजतीको परिभाषा छ। ‘कसैले अरू कुनै व्यक्तिको इज्जतमा धक्का पुर्याउने नियतले वा धक्का पुग्ला भन्ने जानी जानी, वा विश्वास गर्ने कारण भई लेखेर वा वचनले वा संकेतले वा बुझिने गरी आकार चिन्हद्वारा सो व्यक्तिलाई कुनै दोष लगाएमा वा प्रकाशित गरेमा निजले सो व्यक्तिको बेइज्जती गरेको मानिनेछ।’ – ऐनमा भनिएको छ।

 

यसैगरी दफा ७ मा शान्ति भंग गराउने नियतले जानी जानी गाली गरेमा हुने दण्ड सजायको ब्यवस्था गरिएको छ। जसमा भनिएको छ–‘गाली गरी कसैलाई उत्तेजित पारेबाट निजले सार्वजनिक शान्ति भंग वा अरू कुनै अपराध गर्नेछ भन्ने नियतले वा त्यस्तो हुने सम्भावना छ भन्ने जानी जानी कसैले कसैलाई गाली गरी उत्तेजित पारेमा एक सय रुपैयाँदेखि पाँचसय रुपैयाँसम्म जरिवाना हुनेछ र छ महिनासम्म कैदको सजाय पनि हुन सक्नेछ।’

अदालतले आचार्यलाई यही प्रकरणमा दोसी ठहर गर्दै जरिवाना गरेको हो। आचार्य स्वयमले पनि आफुले यादवलाई ‘तेरीमा झ्याक्ने’ भनेर गाली गरेको स्विकारेका छन्। तर, अदालतले जरिवानाको फैसला गरिसक्दा पनि आफुले गलत नगरेको भन्न छोडेका छैनन्।

आचार्य एकै पटकमा आफनै कुरा वाझिने गरी विवादास्पद कुरा गर्न पोख्त छन्। एउटा टेलिभिजनसँग कुरा गर्ने क्रममा उनले आफु माथि अभियोग लागेको होईन समेत भनेका छन्। ‘तेरिमा झ्याक्ने’ भन्दै गाली गरेको तर जागेश्वरलाई अभद्र ब्यवहार र मिथ्या वचन नवोलेको आचार्य वताउँछन्।

सुन्नुहोस आचार्यले वोलका कुरा

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट