घरायसी विवादमा श्रीमतीलाई छप्काएर घाँटी रेटी आफुपनि आत्महत्या

विराटनगर– मोरङको बेलबारीमा एक ब्यक्तिले श्रीमतीको हत्या गरेर आफुपनि आत्महत्या गरेका छन्। बेलबारी– १, भेडाटोलका ५० वर्षीय बमबहादुर लिम्बुले ४५ बर्सिया श्रीमती गीता लिम्बुको हत्या गरेर आत्महत्या गरेका हुन।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले यो घट्ना मंगलबार राति १ बजे भएको बताए। घरायसी विवादका कारण बमबहादुरले दाउले हानेर श्रीमतीको हत्या गरी आफुले पनि घाँटी रेटेरै आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुशन्धानले देखाएको छ।

गीताको घटनास्थलमै मृत्यु भएको र घाईते अवस्थामा फेला परेका बमबहादुरको विराटनगरस्थित नोबेल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो। उनले छोरालाई पनि आक्रमण गर्न खोजेको तर छोराले भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ।

उनीहरु विगत चार वर्षदेखि निर्मला राईको घरमा डेरामा बस्दै आएका थिए। पहिला पनि उनीहरुको घर झगडा हुने गरेको प्रहरीले पत्ता लगाएको छ। घट्नाको इलाका प्रहरी कार्यालय बेलबारीले अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट