१५ वर्षिया बालिका बलात्कार गरेर भागेका विश्वकर्मा १९ वर्षपछि पक्राउ

इटहरी— १९ वर्षअघि १५ बर्षिया बालिकालाई बलात्कार गरेर भागेका एक ब्यक्तिलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ।

बराहक्षेत्र–१ का अर्जुन विश्वकर्मालाई प्रहरीले धरान–१२ बाट पक्राउ गरेको हो। विश्वकर्माले २३ मंसिर ०६१ मा १५ वर्षीय बालिकालाई बलात्कार गरेका थिए।

उक्त बलात्कार मुद्दामा विश्वकर्मालाई सर्वोच्च अदालतको २९ वैशाख ०६७ को फैसला अनुसार ९ वर्ष ५ महिना १९ दिन कैद सजाय भएको थियो।

शुक्रबार पक्राउ परेका विश्वकर्मालाई जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट