क्रिकेटको एकदिवसीय वरीयतामा यस्तो छ नेपाली खेलाडीहरुको नयाँ वरीयता
काठमाण्डौं– आईसीसीको एकदिवसीय वरीयतामा भारतीय बलर मोहम्मद सिराज पहिलो नम्बरमा उक्लिएका छन्। एकदिवसीय बलिङको वरीयतामा सिराजले ८ स्थान सुधार गर्दै पहिलो नम्वरमा पर्न सफल भएका हुन।
अस्ट्रेलियाका जोश हेजलवुडलाई पछि पार्दै उनी पहिलो नम्बरमा पुगेका हुन्। एसिया कप क्रिकेटको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने गरेका उनले १० विकेट लिएका थिए। हेजलवुड दोस्रो नम्बरमा र न्युजिल्यान्डका ट्रेन्ट बोल्ट तेस्रो नम्बरमा छन्।
यस्तै एकदिवसीय ब्याटिङ वरीयताको पहिलो नम्बरमा पाकिस्तानका बाबर आजम छन्। दोस्रो नम्बरमा भारतका शुभमन गिल र तेस्रो नम्बरमा दक्षिण अफ्रिकाका रसी भान डेर डुसेन छन्।
एकदिवसीय बलिङ वरीयतामा नेपालका सन्दीप लामिछाने यथावत् रहे। दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी र ललित राजवंशी १÷१ स्थान तल झरेका छन्। नयाँ वरीयताअनुसार दीपेन्द्र ६८, करण ८७, सोमपाल ९३ र ललित ९७ औँ स्थानमा छन्।
ब्याटिङतर्फ आसिफ शेख ७७, रोहित पौडेल ८४ र कुशल भुर्तेल ९९ औं स्थानमा यथावत छन्