प्रहरी नेताको ‘कठपुती’: सार्वजनिक कार्यक्रमबाटै सफाई दिन्छन हत्या आरोपी

काठमाडौं– राजनीतिक पहुँच भए नेपालमा जस्तो सुकै अपराध गरेपनि कानुनले छुँदैन भन्ने भास्य स्थापित छ। राजनीतिक दलका नेताले कार्यकर्ता संरक्षका लागि प्रहरी प्रशासनलाई दबाब दिने र अदालत पनि प्रभावित बनाउने गरेको कुरामा जनता जानकार छन्।

अहिले यस्तै एउटा घट्ना चर्चामा छ। सुर्खेतमा १५ वर्षअघि भएको राजबहादुर मल्लको हत्यासम्बन्धी घटनामा पक्राउ पूर्जी जारी भएकी माओवादी नेतृ पञ्चा सिंहलाई पक्राउ गर्न नसकेपछि नेपाल प्रहरीको निस्पक्षतामाथि नै प्रश्न उठिरहेको छ।

०६५ सालमा कालिकोटका १७ वर्षीय मल्लको सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा हत्या भएको थियो। प्रहरीका अनुसार, २६ फागुन ०६५ को बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खुकुरी प्रहार भएपछि गम्भिर घाईते भएका उनको उपचारकै क्रममा मृत्यु भएको थियो।

घट्नामा पीडित परिवारले त्यसैबेला जाहेरी दिए। एक महिनाभित्र २ वटा जाहेरी दर्ता भएका छन्। पहिलो जाहेरीमा माओवादी कार्यकर्ताहरू ‘टाइगर’ भनिने पदमबहादुर रावतसमेतको नाम छ भने दोस्रो जाहेरीमा पञ्चा सिंसहितको नाम किटान गरिएको छ।

यो प्रकरणको अनुसन्धान गर्न १५ वर्षको अवधिमा प्रहरीका ३१ अनुसन्धान अधिकृत तोएिका छन्। तर, सिंहसहितका आरोपी खुलेआम हिँडिरहेका छन्। पञ्चा सिंह अहिले दैनिकजसो सार्वजिनक कार्यक्रममा सहभागी भइरहेकी छन्। उक्त घटनाका विषयमा सञ्चामाध्यमहरूमा आफ्नो संलग्नता नभएको भन्दै बाहिरै सफाइ पनि दिईरहेकी छिन्।

तर, प्रहरीले उनलाई पक्राउ गरेको छैन। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको सरकारमा माओवादीकै नेता नारायणकाजी श्रेष्ठ गृहमन्त्री छन्। फरार सूचीमा रहेकी सिंहलाई सरकारकै दबाबका कारण प्रहरीले पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले भने घटनाका मुख्य अभियुक्त भनिएका व्यक्ति पक्राउ नपरेकाले सिंहलाई पक्राउ नगरिएको जनाएको छ। ‘सुरुमा जसको नाममा जाहेरी आएको थियो, त्यसको मुख्य प्रतिवादी भारतमा छ’ सुर्खेत प्रहरीका डीएसपी लक्ष्मणबहादुर शाहीले भने ‘हामी उसलाई खोज्दै छौँ। घटनामा संलग्न मुख्य व्यक्ति नै नियन्त्रणमा नआइसकेकाले अनुसन्धान अगाडि बढ्दैन।’

उसो त प्रहरीको यो भनाई सर्वसाधारणलाई झुक्याउने मात्रै हो। प्रहरीले पक्राउ गर्न चाहेका कतिपय ब्यक्तिलाई भारतमै पुगेर ल्याएका उदाहरण पनि छन्। अपराध गरेर खाडी मुलुक पुगेका अपाराधीलाई डिफ्युजन नोटिस जारी गराएर नेपाल ल्याउने प्रकृया पनि चलिरहेकै छ। त्यसैले भारतमा भएको ब्यक्ति १५ वर्षसम्म पक्राउ गर्न नसक्नु भनेकै प्रहरीको पन्साउने प्रवृत्ति भएको पीडित परिवारको आरोप छ।

सांसद बन्न खोज्दा ब्युँतियो हन्या प्रकरण
१५ वर्षअघिको घटना ११ माघको राष्ट्रिय सभा निर्वाचनले ब्युँताएको हो। कर्णाली प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि तीनवटा खाली स्थानमा निर्वाचन भएको भयो। ती तीनमा महिला, दलित र खुलातर्फका थिए।

माओवादीबाट पञ्चा पनि सांसद वन्न दौडमा थिइन्। उनको नाम निकै चर्चामा आयो। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सिंहसहित २६ जनाको नाम उम्मेदवार छनौटका लागि पार्टी केन्द्रलाई पठायो।

कर्णालीमा तीन दल नेपाल कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच गठबन्धन भएपछि प्रत्येकलाई एक÷एक सिट बाँडिएको थियो। माओवादीबाट महिला कोटामा पञ्चाको नाम पक्का जस्तै देखिएपछि पार्टीभित्रकै कतिपय नेताले यो घट्नालाई वाहिर ल्याए।

उनीहरु हत्याकाण्डसम्बन्धी मुद्दा तगारो बन्न सक्ने टिप्पणी गर्दै उनलाई रोक्ने प्रयास गर्दा यो प्रकरण वाहिर अयो। हत्या प्रकरण पुनः सतहमा आएपछि उनलाई माओवादीले टिकट नदिने निर्णय गर्यो।

यही हल्लाले उनको मुखैमा आएको सांसद पद गुम्यो। तर, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल, गृहमन्त्री श्रेष्ठ र कर्णालीमा पार्टी उपमहासचिव जनार्दन शर्माकी प्रिय भएकै कारण उनी पक्राउ हुनबाट जोगिएको उनकै पार्टीका नेता/कार्यकताहरु बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट