यस्तो छ कञ्चनरुपका मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको लफडाको नालिबेली

राजविराज– मेयर र प्रमुख प्रशासकीय अधिकृतको लफडा परेपछि अहिले सप्तरीको कञ्चनरुप नगरपालिका चर्चामा छ। उसो त प्रमुख प्रशासकीय अधिकृत रेणुका साहको समयमा पनि यो नगरपालिका चर्चामै थियो। तर, यस पटक भने मेयरले हातपात नै गरेको विषय वाहिरिएपछि अवस्था थप जटिल बनेको छ।

मेयर ललनप्रसाद गुप्ताले प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेमाथि हातपात गरेको विषयले अहिले सम्पूर्ण कर्मचारी आन्दोलित छन्। नगरपालिका र वडा कार्यालयका अत्यावस्यक वाहेक सवै सेवा रोकिएको छ।

मेयर गुप्ता आफुले कसैलाई हातपात नगरेको दावी गर्छन भने अधिकृत घिमिरेले भने आफुलाई कार्यकक्षमै बोलाएर कल्लर समाएको र घाँटी अँठ्याउन खोजेपछि आफु जोगिएर निस्किएको वताउँछन्। मेयरले ब्यक्तिगत आवश्यक्ता कार्यालयबाट पुरा गर्न खोजेको र आफुले त्यसलाई इन्कार गर्दै आउँदा हातपातसम्म पुगेको उनको भनाई छ।

तर, ति ब्यक्तिगत कुरा भने अहिले पनि सतहमा आएका छैनन्। कर्मचारीहरुले पनि अहिलेसम्म ४ जना कर्मचारीको कुरामा मात्रै मुख खोलेका छन्। उनीहरुका अनुसार मेयर गुप्ताले निकै अघिदेखि ४ जना आफन्तलाई कर्मचारीमा भर्ना गरेर तलव खुवाएका थिए। कार्यपालिका र कर्मचारीको विवादले ति कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृत रेणुका साहको समयमै निस्कासन गरियो।

३१ जेठमा घिमिरे हाजिर भए। उनी हाजिर भएपछि गुप्ताले फेरी ति निकालिएका कर्मचारीलाई तलव खुवाउन दबाव दिन थाले। तर, घिमिरेले उनको कुरा मानेनन्। कार्यापालिकाबाट निर्णय गराए आफु तलव खुवाउन तयार रहेको भन्दै उनले जवाफ दिए। गुप्ताले निर्णय गराउन सकेनन्, वरु आफुलाई अटेर गरेको तथा एमाले र जनमत पार्टीलाई उचालेर राजनीतिको गरेको भन्दै घिमिरेलाई धम्क्याउन थाले। आफुलाई जनतान्त्रिक र भाईरस किलर्सको नाम लिएर पनि उनले धम्क्याएको घिमिरेको दावी छ।

यसबीचमा गुप्ता र घिमिरेकाबीचमा पावरको होडवाजी नै चलेको छ। गुप्ताले अनुकुल अधिकृत ल्याउन घिमिरेलाई दुई पटक सरुवा गराए। तर, दुवै पटक घिमिरेले आफनो सरुवा थमौती गराएपछि गुप्ता चिढिएका छन्। यसैको पटाक्षेप सोमबार घिमिरेको गर्धन समातेर भएको जानकारहरु वताउँछन्।

मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो लफडा समयमै समाधान भए अन्य विषय पनि मिल्लान। तर, विवाद जारी नै रहे गौण रहेका अन्य विषय पनि सतहमा आउने सम्भावना रहेको स्थानीयहरु वताउँछन्। उनीहरुका अनुसार दुवै पक्षसँग मिल्नुको विकल्प छैन। किनकी दुवै पक्षको मिलेमतोमा धेरै अपादर्शी काम भएका छन्। एक पक्ष आवेशमा आएर कुनै कुरा वाहिर ल्याए दुवै पक्षको भण्डाफोर हुने सम्भावना रहेकाले अन्ततः उनीहरु मिल्ने स्थानीयको दावी छ।

मेयरको ब्यवहार छुद्र


मेयर गुप्ता स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका हुन। त्यसैले कतिपय कांग्रेस कार्यकर्ता उनको समर्थनमा सामाजिक सञ्जालमा लेखिरहेका छन्। कतिपय कांग्रेसी कार्यकर्ताले त कर्मचारीले काम नगरेपछि हातपात भएको आसयमा घिमिरेमाथि हातपात भएको विषयलाई समर्थन गरेका छन्।

सप्तकोशी नगरपालिकाका स्थानीय कांग्रेस नेता तथा त्रियुगा सहकारी संस्थाका अध्यक्ष चन्द्रशेखर चौधरीले ‘हैन यो कन्चनरुप नपाको उपमेयरको कोठामा सिसि क्यामेरा छैन र एउटा प्रशासकिय अधिकृतको बिषयमा एत्रो रोइलो गर्नु पर्ने हेर्दा भइगोनि। अनि जनताको काम नगर्नेले कुटाई खानु ठुलो कुरैहैन’ भन्दै फेसवुकमा लेखेका छन्।

यतिमात्रै होईन, मेयरको विरोध गर्दा गुप्ताका छोरा आकाशले कतिपयलाई सामाजिक सञ्जालमै धम्की दिने गरेको पाईएको छ। स्थानीयवासी र सञ्चारकर्मीको नजरमा पनि गुप्ताको ब्यवहार छुद्र छ।

उनले यसअघि कार्यालय सहयोगी लक्ष्मण मण्डललाई कार्यालय हाताभित्रै कुटपिट गरेको स्थानीय वताउँछन्। स्वास्थ्य शाखाका कर्मचारी डम्बर गुप्तालाई पनि मेयरलाई नगरपालिका हातामै गालीगलौज गरेका थिए।

र, यो पनि

ब्यक्तिगत अपेक्षा पुरा नभएपछि कन्चनरुपका मेयरले हाकिमको किल्किले समाँते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट