४ वर्षकी छोरी र श्रीमतीको आँखामा खुर्सानीको धुलो हालेर यातना दिने रामजी पक्राउ

हेटौँडा– साढे ४ वर्षकी छोरी र श्रीमतीतलाई खुर्सानीको धुलो आँखामा हालेर चरम यातना दिएको आरोपमा मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–५ सिँचाइटोलमा डेरा गरेर बस्ने महोत्तरीका एक युवकलाई पक्राउ गरेको छ।

महोत्तरी एकडाँडा–३ का २७ वर्षिय रामजी मण्डललाई बाल हेल्प लाइनको सहयोगमा प्रहरीले पक्राउ गरेको हो। साढे ४ वर्षकी छोरीको हात, गालामा टोकेर गहिरो घाउ बनाउने, कान टोक्ने, आँखामा खुर्सानीको धुलो हाल्ने गरेको स्थानीय छिमेकीले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

मण्डलले श्रीमतीलाई पनि नियमित यातना दिने गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले बताए। उनको डेरामा अनुगमन गरी यातनाबाट गम्भीर अवस्थामा रहेका बालिकालाई उद्वार गरेको सिवन बाल हेल्प लाइन मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीले बताए। बालिकाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।

आफ्नै बाबुद्वारा नाबालिगमाथि अत्यन्तै क्रूर यातना भएको पाइएपछि प्रहरीको सहयोगमा मण्डललाई पक्राउ गरिएको उनको भनाई छ। मण्डल एक महिना अघिदेखि मात्रै हेटौँडामा बस्न थालेका हुन।

आफूलाई सब ओभरसियर बताउने मण्डलले बालिका र श्रीमतीलाई किन यातना दिए ? भन्ने खुलेको छैन। त्यसबारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट