सन्दीप लामिछानेलाई बलात्कार आरोप लगाउने किशोरीले किर्ते गरेको पुष्टि, होला त कारवाही ?

काठमाडौं– काठमाडौं जिल्ला अदालतका न्यायधीश शिशिरराज ढकालको शुक्रबारको इजलासले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारी प्रमाणित गर्यो। अदालतको फैसला अनुसार लामिछाने त दोसी भएका छन् नै बलात्कारको आरोप लगाउने किशोरी समेत किर्तेमा दोसी देखिएकी छिन्।

मुद्दामा किशोरीलाई नाबालिग भएको दावी गर्दै प्रमाणहरु पेश गरिएका थिए। जाहेरीकर्ता नाबालिग भएमा सहमतिमा राखेको शारीरिक सम्बन्ध पनि बलात्कार ठहरिने कानुनी ब्यवस्थामा टेकेर विभिन्न कागजातहरु अदालतमा प्रश्तुत गरिएका थिए।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (२) अनुसार ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ति करणी गरेको मानिनेछ’ भन्ने उल्लेख छ।

त्यसैले यो मुद्दामा जाहेरीकर्ताको उमेर निर्णायक हुने ठानिएको थियो। दुवैतर्फका कानून व्यवसायीले उमेरमै जोड दिएका थिए। सन्दीपका वकिलले किशोरी नाबालिग नरहेको प्रमाणहरु प्रस्तुत गरेका थिए भने वादीका वकिलले नागरिकताका आधारमा उनलाई नाबालिग ठहर गर्न खोजेका थिए। सर्वोच्च अदालतले समेत उनको जन्ममिति सम्बन्धी विवादलाई प्रधानता दिएको थियो।

तर, जिल्ला अदालतले किशोरीको उमेर १८ वर्ष नाघिसकेको फैसलामा उल्लेख गरेको छ। यसको मतलब उनको उमेर घटाएर बनाइएका कागजातहरु झूटा सावित भएका छन्। यसरी सरकारी कागज किर्ते गरेर प्रमाण बनाइएको विषयमा किशोरीलाई पनि अदालतले सजाय गर्नु पर्ने थियो। तर, फैसलामा यो विषय उल्लेख नै भएको छैन।

सहमतिको सम्वन्धलाई आर्थिक अवस्थासँग जोडेर बलात्कारको टीका
जाहेरीकर्ता नाबालिग नरहेको ठहरिए पनि अदालतले सन्दीपलाई बलात्कारीको टीका भने लगाई दिएको छ। फैसलामा पीडितको बयानलाई सर्वोपरी मानिएको देखिन्छ। सन्दीपले जबरजस्ति यौन सम्बन्ध राखेको कुनै पनि तथ्य–प्रमाण छैन। वादी पक्षका वकिलहरुले नै ति प्रकाणा पेश गर्न सकेका थिएनन्। बरु उनीहरुबीच ‘सहमति’ का यथेष्ट सूचकहरु प्रतिवादी पक्षबाट पेश भएका थिए। युवक र युवती दुवैजना हाँसीखुशी होटलभित्र प्रवेश गरेको सीसीटीभी फुटेज छ। होटलमा सँगै रात बिताएको भोलिपल्ट सन्दीपकै गाडी चढेर होटलबाट निस्किएको युवती स्वयमले स्वीकारेकी छन्।

रातभर ‘बलात्कृत’ भएकी युवती भोलिपल्ट कथित ‘बलात्कारी’ सँगै हाँसीखुसी निस्किन सम्भव छ कि छैन भन्ने विषयमा फैसला बोलेको छैन। बलात्कार भएको भनिएको भोलिपल्टै किशोरी प्रहरीमा नगएर २० दिनसम्म कस्लाई पर्खेर वसिन भन्ने विषय पनि मौन छ।

सीसीटीभी फुटेजबाट सन्दीप र युवती काठमाडौंबाट नगरकोट गइ पुनः काठमाडौं आइ राति होटलको एउटै कोठामा बस्दासम्म वादी र प्रतिवादीबीच विवाद नदेखिएको फैसलामै स्विकारीएको छ। तर, ‘राति एउटै कोठामा बसेको अवस्था देखिएको र सो समयमा गौशाला २६ ले करणी भएको भनेको र गौशाला २६ र सन्दीप लामिछानको घटना हुँदाको दिनको क्रियाकलापको घटनाक्रम समेतलाई विचार गर्दा प्रतिवादी तथा गौशाला २६ का बीचमा करणी भएको देखियो’ भन्दै फैसलामा लेखिएको छ।

अर्कोतर्फ सन्दीपसँग भेटेको भोलिपल्ट उनले ‘आइ हग्ड सन्दीप लामिछाने एसटरडे’ (हिजो मैले सन्दीपलाई अंकमाल गरेँ) भनेर साथीलाई पठाएको म्यासेज पनि अदालतमा पेश भएको थियो। यो मात्र होइन, उनले सन्दीपसँग भेटेको दिनलाई आफ्नो जीवनकै सर्वाधिक खुशीको दिन भनेर समेत लेखेकी छन्।

त्यसपछि २१औं दिनमा मात्रै उनी जाहेरी दिन प्रहरीमा पुगेकी हुन्। सन्दीपले सामाजिक सञ्जालबाट ब्लक गरेपछि मात्रै यो कदम चालिएको उनी पक्षका कानुन ब्यवसायीहरु वताउँछन्।

यता, शारीरिक सम्बन्ध स्थापित भएको यथेष्ठ प्रमाण समेत प्रश्तुत भएको छैन। वादी पक्षले मेडिकल रिपोर्टमा ‘ओ टीयर’ (झिल्ली च्यातिएको) लेखिएकोलाई औंल्याएर बलात्कार भएको दलिल गरेका थिए। तर, मेडिकल रिपोर्ट बनाउने डाक्टरले यही आधारमा आरोपीसँग शारीरिक सम्बन्ध रहेको ठहर गर्न नमिल्ने भनेर अदालतमा बकपत्र गरेका छन्। साइकल चलाउँदा वा अरु कुनै दोस्रो व्यक्तिसँगको संसर्गवश पनि झिल्ली च्यातिनसक्ने उनले बताएका थिए।

दुवैजना एउटै कोठाभित्र सुतेपछि शारीरिक सम्बन्ध पक्कै भयो होला भन्ने अन्दाजमा फैसला आएको भन्दै कतिपय कानुन ब्यवसायीले प्रतिक्रिया जनाएका छन्।

यस्तो छ फैसला

र यो पनि,

किशोरीको आर्थिक अवस्थाले सन्दीप लामिछानेलाई बलात्कारी बनायो!


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट